Friday, January 10, 2020

नयाँ लाइसेन्स लिनेको लिखित र ट्रायल दुवैमा कम्प्युटर प्रविधि लागू गर्दै विभाग

सरकारले चालक अनुमति पत्र (लाइसेन्स)सम्बन्धी कार्यविधि संशोधन गर्ने भएको छ। यातायात व्यवस्था विभागका निर्देशक तीर्थराज खनालले कार्यविधि परिवर्तन गर्न लागेको जानकारी दिएका हुन्।
विभागले चालक अनुमतिपत्र स्वचालित प्रणालीमा गर्न लागेकाले कार्यविधि परिवर्तन गर्न लागेको हाे। ‘अहिलेको कार्यविधिले अटोमेसन प्रणालीमा काम गर्न मिल्दैन, त्यसैले कार्यविधिमा संशोधन गर्न प्रस्ताव गरेका छौं’, उनले भने।
हाल लाइसेन्सको लागि दिने परीक्षा अपारदर्शी भएको आरोप लाग्दै आएको छ। परीक्षा दिने ठाउँमा आफ्नो मान्छे भयो भने फेल भए पनि पास गराउने गरेको भेटिने गरेको छ।
निर्देशक खनालका अुनसार सबै कुरा पारदर्शी गराउन प्रविधिको प्रयोगविना सम्भव छैन। उनले भने, ‘जति पारदर्शीको कुरा गरे पनि म्यानुअल्ली हुने परीक्षामा अपारदर्शिता हुने सम्भावना धेरै हुन्छ।’
कार्यविधि संशोधन भए लाइसेन्सको लागि ‘कम्पुटर बेस’ परीक्षा सञ्चालन हुन्छ। अहिलेको कार्यविधिअनुसार वस्तुगत प्रश्न सोध्ने गरिएको छ। त्यसमा भने परिवर्तन नहुने तर अहिले कापीमा लगाउने ‘टिक’ अब कम्प्युटरमा लगाउनुपर्नेछ। परीक्षापछि पास वा फेल आफैँ कम्पुटरले जाँच्ने उनले बताए। यसले गर्दा कपी जाँच्नेले चलखेल गर्न नपाउने भएकाले परीक्षा पारदर्शी हुने निर्देशक खनालको भनाइ छ।
त्यस्तै ट्रायलमा पनि सबै कम्पुटर प्रविधिमा आधारित हुने उनले बताए। ‘ट्रायल परीक्षामा अहिले धेरै पारदर्शिता नभएको गुनासो आउने गरेको छ’, उनले भने, ‘अब ट्रायलको लागि एउटा विन्दुबाट अर्को विन्दुमा पुग्दा पास कि फेल कुनै जाँचकीले भन्दैन। त्यहाँको सिस्टम आफैँले पास कि फेल उतिबेलै देखिन्छ।’
उनले केही परीक्षार्थीले पास भएर पनि फेल गराएको भन्ने गुनासो गर्ने गरेको जनाउँदै अब कम्प्युटर प्रविधिको कारण त्यो समस्या आफैँ सामाधान हुने बताए।
दैनिक ४ हजार स्मार्ट लाइसेन्सको माग
निर्देशक खनालले नयाँ, नवीकरण र हराएका गरी दैनिक ४ हजार लाइसेन्सको माग भइरहेको पनि जानकारी दिए। लाइसेन्सको लागि परीक्षा पास गरेका झण्डै ८ लाखलाई विभागले अझै स्मार्ट लाइसेन्स दिनसकेको छैन। केही समयअघि लाइसेन्स छाप्ने ठूलो मेसिन ल्याए पनि पूर्ण क्षमतामा लाइसेन्स छाप्न सकिएको छैन।
खनालका अनुसार मास प्रिन्टरले दैनिक ४५ सयसम्म छाप्ने गरेको छ। अहिले मास प्रिन्टर दुई शिफ्टमा मात्रै चल्ने गरेको छ। अब दैनिक ३ शिफ्ट चलाउने विभागले बताएको छ। त्यस्तै विभागसँग भएका पुराना प्रिन्टरले दैनिक २ हजार लाइसेन्स छाप्ने गरेको उनले बताए। विभागले हालसम्म १२ लाख बढी स्मार्ट लाइसेन्स वितरण गरिसकेको बताएको छ।

National Driving Institute

Author & Editor

This is the first and old driving school in Shuklagandaki municipality It was established in 2064 Bs.One and only one legal institute in Shuklagandaki.

0 comments:

Post a Comment