
यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनलाई लक्षित गर्दै लाइसेन्स लिनका लागि तीनमहीने कोर्ष नै लिनुपर्ने गरी संघीय सवारी तथा यातायात ऐनको मस्यौदा तयार पारेको छ ।
हाल सामान्य लिखित परीक्षापछि ट्रायल दिएर ट्रायलमा पास भएपछि विभागले लाइसेन्स दिइरहेकोमा ठूला सवारीसाधनका लागि लाइसेन्समा कडाइ गर्दै विभागले परीक्षाको स्वरूप परिवर्तन गर्न लागेको हो । विभागका अनुसार उक्त मस्यौदा पास भएर ऐन बनेपछि सवारी चालकले तीनमहीने कोर्ष लिएर मात्रै लिखित परीक्षा दिन पाउनेछन् ।
उक्त परीक्षामा पास भएपछि चालकले ट्रायल दिनुपर्नेछ । तर, उक्त ट्रायलमा पास हुँदैमा चालकले लाइसेन्स पाउने छैनन् ।
विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘ट्रायलपछि चालकले सडकमा ६ महीनासम्म सवारी चलाउनुपर्नेछ र सडकको रिपोर्ट राम्रो आएपछि मात्र चालकले लाइसेन्स पाउनेछन् ।’ उक्त रिपोर्ट कार्ड राम्रो नभए क्रमशः ३र३ महीना म्याद थपिने उनले बताए ।
0 comments:
Post a Comment